निर्वाचन आयोगमा पुगेका (दाहाल नेपाल समुह)को जिकिर – नेकपाबाट बालुवाटार मात्र चौटिएको हो

काठमाडौं माघ २० । निर्वाचन आयोगले नेकपाको आधिकारीकता विषयमा कुनै निवेदन दर्ता नभएको जनाएपछि मंगलबार नेकपा(दाहाल-नेपाल) समुहले औपचारिक दाबी पेश गरेको छ ।आफुसँग वहुमत सदस्य रहेको भन्दै उक्त समुहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी सहितको पत्र बुझाएको हो ।मंगलबार आयोगमा बुझाएको पत्रमा ४ सय ४१ मध्ये २ सय ७५ जना दाहाल-नेपाल समूहमा रहेर हस्ताक्षर गरेका छन् ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगले दुवै समुहलाई छलफलका लागि आयोग डाकेको थियो । ओली समुहले आयोगको पत्रमा नै विभाजन नभएको दावि गरेपनि दाहाल नेपाल समुहले नेकपाबाट एक चैटो छुटिएको टिप्पणी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले सञ्चार कर्मीसंग कुरा गर्दै भने-‘ बालुवाटारबाट एउटा चैटो छुटेको हो । हामी नै आधिकारीक नेकपा हौं’
दुवै समुहलाई औपचारीकता नदिएको निर्वाचन आयोगले पुस ५ गते भन्दा पछिका कुनै कृयाकलापलाई आधिकारीकता नदिने प्रष्ट पारेको छ । यस्तो अवस्थामा बहुत सदस्य दाहाल नेपाल पक्षमा रहेका देखिन्छन भने केपी ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाएको विषयलाई समेत आयोगले मान्यता प्रदान गरेको छैन । सरकारले निर्वाचनको मिति तोकेको समयमा नेकपाको दाहाल नेपाल समुह सडकमा छ । यस्तो अवस्थामा नेकपा निर्वाचनमा जान्छ कि जादैन भन्ने सञ्चार कर्मिको प्रश्नमा नेकपा दाहाल नेपाल समुहका नेता मुक्ति प्रधान भन्छन-‘निर्वाचनमा जाने नजाने भन्ने नै हैन पहिलो त लोकतन्त्रको रक्षा गर्नु पर्यो ।’
दुवै समुहले आफूलाई आधिकारीक रहेको दावी गरिरहेको र दुवैले आफ्नो दावी प्रस्तुत गरिरहदाँ निर्वाचनको तयारीमा असर परिरहेको छ ।