ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

द्वारपर युगमा माता सिताले दिएको श्राप कलियुगमा पनि भोग्दैछ यि पाचँ

काठमाडौं माघ २०। हिन्दु धर्मावलम्वीहरुले ब्रामहण, पिपल, गाई, काग तथा तुलसीको विशेष पुजा आरधना गर्ने गर्दछन  । यिनिहरुको विषेष महत्व हिन्द् धर्मका धार्मिक ग्रन्थहरुमा पाउने गरीन्छ । तर यिनिहरुका पनि केही रोचक प्रशंगहरु छन् । जस्तै: अधिकाम्स बस्तुको अग्रभागको पुजाहुदाँ गाईको पछिल्लो भागको विशेष पुजा गरिन्छ भने पछिका सामग्रीहरुमात्र प्रयोग गरिन्छ । गाइको दुध,गोवर तथा गहुत ।

तेस्तै तिहारको दिन पुजा गरिने काग जहिलै खानाको लागि जगडा गरेको देखिन्छ भने पण्डितलाई अनस्तोसीका रुपमा चित्रित गरिन्छ । यसरी सम्मानित हुने बस्तुहरु नै किन यति धेरै पिडमा छन् भन्ने विषयमा हिन्दु धार्मिक ग्रन्थहरुले के भन्छन् त ?

अयोध्याका राजा दरशरको मृत्यु भगवान राम बनबास गउकव समयमा भएको थियो । बनबासमा रहदाँ राम र लक्षमणले आफ्ना पिता दशरथको श्राद्ध गर्ने गर्दथे । १४ बर्ष लामो बनवास काटेका राम,सिता र लक्षमणले विभिन्न समयमा भोगेका कष्टहरु त रामायणमा उल्लेख भएकै विषय हो । यो संगै माता सिताले दिएको श्रापको तनिजा अहिले कलि युगमा समेत पाचँ चिज अर्थात ब्रामण, गाई  काग,फल्गु नदि र तुलसी ।

जव राम लक्षमण र सिता गयाको फल्गु नदिमा पुगेर श्रादको आरम्भ गर्नु पुर्व पण्डितलाई श्राद सामग्रीको बारेमा जानकारी लिए र सो सामग्री व्यवस्थापनको जिम्मा भाइ लक्षमणलाई गर्न निर्देशन दिए । लक्षमण नजीकको गाउँमा श्राद सामग्री लिन गए । तर तर लामो समयसम्म पनि लक्षमण श्राद सामग्री लिएर नफर्के पछि राम सितालाई छोडेर गाउँ गए । राम लक्षमण दुवै जना आउन ढिला भएको भन्दै ब्रामणले सितालाई जुन सामग्री छ त्यहीबाट नै श्राद गर्न लगाए ।

विधिपुर्वक श्राद गरिरहदाँ एका एक राजा दशरथ प्ररकट भए  र  आफु खुशी भएको भन्दै अखण्ड सौभाग्यवतीको वरदान दिए । मान्यता अनुसरा छोराले श्राद नगर्दासम्म श्राद सफल नहुने मान्यताका कारण सिताले दशरथले भनेको कुरा रामलाई भन्न भन्दै ब्रामण ,गाई,पिपल,तुलसी, काग र फल्गु नदिलाई साच्ची राखिन । श्राद पश्चात जव राम लक्षमण उत्त स्थानमा फर्किए । श्राद सकिएको देखिएपछि राम क्रोधित बने । रामो क्रवधका कारण कसैलेपनि श्रादको सफल भएको बताएनन् जम्मा पिपलबाहेक ।

सोही समय माता सिताले पाचँ बस्तुलाई श्राप दिइन भने पिपललाई सधै महिलाले पुज्ने गरीको वरदान दिइन । माता सिताले पाँच बस्तुलाई दिएका श्राप –

ब्रामण- सन्तुष्ट नहुने

गाइ-पुरा शरिरको पुजा नहुने

फल्गु नदि- नाममात्रको नदि हुनु ।

तुलसी-गयाको माटोमा नउम्रनु

काग- खानेबेलामा झगडै झगडा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *