ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इदिता पपुलर प्लेयर


काठमाडौं, माघ १९ गते । फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् ।

कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो । उक्त विधाको विजेताको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिएको थियो ।


इदिताले सहभागी मध्ये सर्वाधिक १० हजार ९ सय २० भ्युज पाइन् । इदिताले पुरस्कार वापत १ सय ५० अमेरिकी डलर प्राप्त गरिन् । इदितालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले नगद पुरस्कार हस्तान्तरण गरेको आयोजकले जनाएको छ । नगद पुरस्कारको प्रायोजक पनि गुरुङ नै हुन् । इदिता फिलिपिन्सको भएपनि केहि वर्षएता हङकङमै बस्दै आएकी छन् । इदिता युनिटीमै प्रशिक्षणरत छिन् ।


कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालित उक्त प्रतियोगितामा फिलिपिन्सकै चन्दा रोमेरिया ९९११६ भ्युज० दोश्रो, फिलिपिन्सकी आइरिल भर्जोला ९४८७८ भ्युज० तेश्रो तथा अमेरिकाकी जियाना थापा ९४४५२ भ्युज० चौथो भए ।

प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले पुम्सेतर्फ ६० र हाइ स्पिडतर्फ ३० गरी ९० स्पर्धामा सहभागिता जनाएका थिए । पाराको पनि छुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *