ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १ सय ५९ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

शभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ४ हजार १ सय ४५ नमुना परीक्षणमा काठमाडै उपत्यकामा मात्र ८५ जना देशभर १ सय ५९ कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने संख्या २ लाख ७१ हजार ७ सय ४५ जना रहेका छन् ।

कोरोनाका कारण शुन्य जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउने संख्या २ हजार २९ जना रहेका छन । गत चौबीस घण्टामा कोरोनाका मुक्त २ सय ६४ जना भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६६ हजार ६ सय जना रहेका छन् । कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव तीन रहेको छ ।देशभर क्वारेन्टिनमा ९७ जना र संक्रिय संक्रमित २ हजार ४ सय ८९ जना रहेका छन् । देशभर आसियुमा १ सय २८ जना र भेन्टिलेटरमा २२ जना रहेका छन्।

नेपालमा अहिले प्रयोगमा रहेको कोरोना खोपका साइड इफेक्ट्स सामान्य मात्र रहेको चिकित्सकहरुले बताएका छन् । खोपले कुनै असामान्य साइड इफेटक्स नदेखाएकाले ढुक्क भएर प्रयोग गर्न सकिने उनीहरुको भनाई छ ।

नेपालमा माघ १४ गतेदेखि चलिरहेको कोरोनाविरुद्ध खोप अभियानमा प्रयोग भैरहेको खोपको सामान्यमात्र साइड इफेक्टस् रहेकाले अतिरञ्जित हल्लाको पछि नलाग्न चिकित्सकहरुले आग्रह गरेका छन् । विभिन्न देशहरुले कोरोना विरुद्धको खोप आपतकालीन प्रयोग गर्न थालेपछि नेपालले पनि माघ २ गते विभिन्न देशहरुले विकास गरेका कोरोना विरुद्धको खोप आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बेलायतको अक्सफोर्ड युनिर्भर्सिटी र बेलायती कम्पनी एस्ट्राजेनेकाले भारतको सेरम इन्सिच्युटसँग सहकार्य गरेर उत्पादन गरेको कोभिसिल्ड खोप नेपालमा प्रयोग भैरहेको छ । भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी र सफाइकर्मीलाई लगाउने अभियान चलिरहेको छ ।

खोपका साइड इफेक्टबारे विभिन्न किसिमका भ्रामक समाचार आएको भन्दै चिकित्सकहरुले सामान्य साइड इफेक्टस् देखिएपनि गम्भीर समस्या नरहेकाले ढुक्क भएर प्रयोग गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । ज्वरो आउने वान्ता हुने वा रिंगटा लाग्ने जस्ता सामान्य लक्षण देखिएपनि गम्भीर समस्या नरहेको उनीहरुको भनाई छ । खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा जेनिस न्यौपानेले जुन सुकै खोप लगाउँदा पनि सामान्य साइड इफेक्ट देखिएपनि आत्तिनु नपर्ने बताए ।

कोरोना विरुद्ध अग्रपंत्तिमा रहेका डा शिवराज न्यौपानेले पनि खोप लगाइसकेपछि कुनै असामान्य साइड इफेक्ट्स नदेखिएको बताए । खोप विभिन्न अनुसन्धान पछि मात्र आएको भन्दै उनले यसलाई सुरक्षाको लागि स्वीकार गर्नुपर्ने उनको भनाई छ । टेकु अस्पतालका प्रवक्ता एवं बरिष्ठ चिकित्सक डा. अनुप बास्तोलाका अनुसार पहिलो दिन टेकु अस्पतालमा कोरोना विरुद्धको खोप लगाएका आइ सी यु वार्ड, इमर्जेन्सीमा कार्यरत २९ जना स्वास्थ्यकर्मीले सामान्य लक्षण देखिएपनि कुनै गम्भीर लक्षण नदेखिएको बताएको जानकारी दिए । केहीलाई ज्वरो आउने, टाउको दुख्ने, चिलाउने, खोप लगाएको ठाउँमा रातो हुने र बान्ता हुनेलगायत लक्षण देखिएको तर कसैलाई गम्भीर स्वास्थ्य समस्या वा अस्पताल भर्ना गर्ने अवस्था नरहेको उनले बताए ।

चिकित्सकहरुले खोप द्रुत गतिमा विकास भएका कारण केही शंका देखिएपनि परीक्षणका विभिन्न चरण पार गरेर आएकाले ढुक्क भएर प्रयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *