ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा क्यान्सर रोगबाट दैनिक ३७ जनाको मृत्यु

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  


काठमाडौं, माघ १९ । फ्रेवअरी ४ मा पर्ने विश्व क्यान्सर दिवसको सन्दर्भमा नेपाल क्यान्सर अबुर्द रोग निवारण संस्थाले सोमबार पत्रकार सम्मेलन गरी नेपालमा दैनिक ३७ जना क्यान्सर पिडितको मृत्यु भैरहेको जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले नेपालमा यो वर्षमा मात्रै १३ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्यांकले देखाएको बताए । अन्य देशको तुलनामा नेपालमा क्यान्सर रोगीको संख्या बढेको र यस्तो हुनुमा जनचेतनाको अभाव ,खानपान मुख्य कारण रहेको बताए ।
प्रत्येक वर्षको फ्रेवअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसमा क्यान्सरसम्बन्धि विविध जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै मनाउने गरेको छ । यसपटक पनि सस्थाले ७७ वटै जिल्लामा ‘म हुँ र म गर्छु’ भन्ने नारा तय गरी कार्यक्रम मनाउने जानकारी गराएको छ । यसको साथै क्यान्सरका कारण ज्यान गुमाउनेहरुको चीरशान्तिको कामना र क्यान्सर पिडितको शिघ्र स्वास्थ्यको कामनाका लागि सो दिन दिपप्रज्वोलन गर्ने कार्यक्रम रहेको नेपाल अर्वृद्ध रोग निर्वारण संस्थाका अध्यक्ष इश्वर क्षेष्ठले जानकारी दीए ।
नेपालको सन्दर्भमा यो वर्षमा मात्रै करिब २० हजार ५ सय ८ जना क्यान्सर बिरामी थपिएका छन् । भने विगत ५ वर्षको आवधिमा करिब ४३ हजार क्यान्सर पिडित पूर्ण रुपले निको भएका छन्। हाल नेपालमा करिब ५० देखि ६० हजारको हाराहारीमा क्यान्सर पिडित रहेको अनुमान छ। तथ्यांकले देखाए अनुसार विश्वभर गरेर हाल १ करोड ९२ लाख ९२ हजार ७२९ जना क्यान्सर पिडित रहेका छन् । जसमध्ये करिब ९९ लाख ५८ हजार १ सय ३३ जना बिरामीले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *