ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौं माघ १९ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत कक्षा ११ परिक्षाको आधार २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

यस बर्ष देशभरबाट करिब चार लाख ३३ हजार परीक्षार्थी सहभागी भएका थिए ।

बैशाखका लागि तय भएको परीक्षा कोरोना महामारीका कारणले मंसिरमा सन्चालन भएको थियो । उच्च शिक्षाका लागी बोर्डले बाटो खुला गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *