ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माघ १९ को त्यो कालो दमन र अहिलेको रातो प्रतिगमन

काठमाडौं माघ १९ । जनतामा निसहित नेपालको सार्वभौम सत्ता आफ्नो हातमा लिदै राजा ज्ञानेन्द्रले प्रजातन्त्रमा ‘कु’ गरेको दिन अर्थात माघ १९ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा बहुदलीय शासन व्यवस्थालाई हटाएर शाहीसत्ता सुरु गरेको कालो दिनको रुपमा स्मरण गरिन्छ । शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए ।

ज्ञानेन्द्र शाहले मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर जनताका मौलिक अधिकार निलम्बन गरिदिएका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र र रानी कोमल ज्ञानेन्द्र शाहको यो कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।सोही शाही ‘कू’लाई नेपालको राजनीतिमा कालो दिनको रुपमा स्मरण गरिन्छ ।

२०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो । टेलिभिजन सम्बोधनमार्फत् शाहले जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेर राजदरबार छोडेका थिए । राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको डेढ दशक पुगिसक्दा पनि जनचाहना अनुसारको विकास र समृद्धि प्राप्त गर्न नसक्दा राजसंस्थाको माग गर्नेहरु पुन सक्रिय हुन थालेका छन् ।

आज माघ १९ गते पनि लोकतन्त्रको रक्षाका लागि भन्दै जनता सडकमा छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दै तानाशाही प्रविर्ति दोहोर्याएको भन्दै संसद पुन स्थापनाको माग सडकमा बढि रहेको छ । प्रमुख प्रतिपक्षीले यसलाई रातो प्रतिगमनको रुपमा चित्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *