ओलीको रातो प्रतिगमन विरुध ७७ जिल्लामा कांग्रेसका १३ वटै भतृसस्थाको संयुक्त प्रदर्शन
2 - 2Shares

काठमाडौ माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपस्चात आन्दोलनमा होमिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सवै भातृ सस्थालाई प्रदर्शन गर्न निर्देशन दिएको छ । सोही निर्देशन अनुसार १३ वटै भातृसस्थाले ७७ वटै जिल्लामा प्रदर्शन गर्दैं छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गरेको कांग्रेसले केन्द्रिय समितिबाटै निर्णय गरेर १३ वटै भातृ संस्थालाई सडकमा उत्रन निर्देशन दिएको हो सोही अनुसरार आज संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ ।
कांग्रेसले आज रातो प्रतिगमनविरूद्ध प्रदर्शन हुने बताएको छ। कांग्रेसले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको जनाएको छ। कांग्रेसले प्रदर्शनमा सहभागी हुन हिजोनै विज्ञप्ति निकालेर अपिल समेत गरेको छ।