ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीन सरकारले ३ लाख डोज कोरोना विरुधको खोप अनुदान दिने

काठमाडौं माघ १९ ।चीनले सरकारले  नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ ।

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको हो । यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।

यस अघि भारतले सहयोग गरेको खोपको उद्घाटन गर्दैं प्रधानमन्त्री केपी ओलीले आगामी ३ महिनामा सवै नेपालीलाई कोरोना विरुधको खोप पुर्याउने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *