नेकपा( दाहाल-नेपाल) समुहको केन्द्रिय समितिको बैठक आज

काठमाडौं माघ १९ । नेकपा दाहाल – नेपाल समुहले आजका लागि केन्द्रिय समितिको बैठक ढाकेको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधि सभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रूपमा गरिएको जनसभा तथा प्रदर्शन, आउँदा कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उक्त समुहले जानकारी दिएको छ ।
बिहान ११ बजेलाई बैठक बोलाइएको छ । यस अघि नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गएको पुस ७ देखि ९ गतेसम्म बसेको थियो । सोही बैठकबाट उक्त समूहले प्रतिनिधि सभा विघटनविरुद्ध हिजो माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो ।
धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधि सभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।