ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटनको पक्षमा आजबाट बहस सुरु

काठमाडौं माघ १९ ।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकको तर्फबाट थालिएको बहस सकिए पछि आजबाट विपक्षमा बहस सुरु हुदैं छ ।  रिट निवेदनमा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी अधिवक्ताहरुले आजबाट बहस गर्दै छन ।

प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका १३ रिट निवेदनमा १ सय ५३ जनाको वकालतनामा थियो । जसमा ७० जनाले मात्र विघटनविरुद्ध बहस गरेका छन् । माघ १३ गतेबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको १३ औँ दिनमा रिट निवेदकको तर्फबाट बहस सकिएको हो ।

सरकारको तर्फबाट बहस गर्ने १ सय ५९ जनाको सूची छ । सभामुखको तर्फबाट ३ जना र एमीकस क्युरीबाट ४ जनाको बहस बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *