ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भक्तपुर डाक्टर सोसाइटीले गरे कोभिसिल्डबारे अन्तरक्रिया ,

माघ १९ काठमाडौं । भक्तपुर डाक्टर सोसाइटी को आयोजनामा हाल प्रयोगमा रहेको covishield कोभिड भ्याक्सिन को बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भक्तपुरका च्चिकित्सक हरु बिच सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरुवा रोग अस्पताल टेेेेेकुका डाक्टर शेर बहादुर पुन ले covishield भ्याक्सिन covid महामारी विरुद्ध एक ऐतिहासीक कदम रहेको र सो खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य रहेकोले समस्या आएपनि आत्तिनु नपर्ने बताए ।


यो खोप विभिन्न अनुसन्धान पछि मात्र आएको र अवश्य पनि यसले मानव हितको पक्षमा मा महत्त्वपूर्ण भूमिका रहने भएकोले सम्पूर्ण जनमानसलाई खोप लगाई सुरक्षित हुन आग्रह गर्नुभयो।
सोही अन्तरक्रिया कार्यक्रम मा उपस्थित चिकित्सकहरूको जिज्ञासाहरुको समेत उहाँले उत्तर दिनुभयो ।

साथै सोही कार्यक्रममा भक्तपुर र नेपालको विभिन्न स्थानमा रही निरन्तर रूपमा स्वास्थ्य सेवामा योगदान दिने भक्तपुरका अग्रज चिकित्सकहरु समेत लाई सम्मान गरियो । सम्मान हुनेहरुमा डा. इन्द्र प्रसाद प्रजापति, डा अमिला श्रेष्ठ, डा ज्ञान कृष्ण कायस्थ, डा अमिरबाबु श्रेष्ठ, डा किरण शाक्य रहेका छन् ।


भक्तपुरमा रहेका चिकित्सकहरु संगठित भएर स्वास्थ्य क्षेत्रलाई ठूलो योगदान हुने र आगामी दिनहरुमा स्वस्थ्य क्षेत्रमा मिलिजुली काम गर्नु पर्ने डा, प्रजापति ले आफ्नो मन्तव्यमा राख्नु भयो ।
त्यस्तै गरी सोसाइटी का अध्यक्ष डा पुण्य राम खर्बुजा ले येस्ता कार्यक्रम हरु चिकित्सक हरुलाई मात्र नभई समाजलाई समेत लाभकारी हुने कार्यक्रम आगामी दिनहरूमा योजना रहेको जानकारी दिनु भएको थियो ।
उक्त कार्यक्रम मा भक्तपुर जिल्ला भरिका ६४ जना चिकित्सकहरु को उपस्थिति रहेको र उक्त कार्यक्रम सञ्चालन डा विवेक बासुकलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *