ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एथ्लेटिको मड्रिड बार्सिलोना र रियल मड्रिड भन्दा १० अंकले अघि

एजेन्सी । उपाधि होडमा बलियो रुपमा प्रस्तुत भएको एथ्लेटिको मड्रिडले १० अंकको अग्रता कायम गरेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४–२ ले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोको जितका लागि लुइस स्वारेजले २८ र ५० औँ मिनेटमा गरि दुई गोल गरे ।

स्वारेजले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् । यस्तै साउलले ४४ औँ तथा कोकेले ८८ औँ मिनेटमा गोल गरे । काडिजका लागि नेग्रेडोले ३५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना तथा तेस्रो स्थानको रियल मड्रिडको २० खेलबाट समान ४० अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *