सेनाले आज बख्तरबन्द गाडी चक्रपथ परिक्रमा गर्दै
सेयर गर्नुहोस

काठमाडाैं, माघ १९ । नेपाली सेनाले आफ्नो बख्तरबन्द गाडीहरु सोमबार राति चक्रपथ परिक्रमा गराउने भएको छ ।
सोमबार राति १० बजे काठमाडौंको सितापाइलाबाट १० वटा बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने सेनाले जनाएको हो ।
यस्तै २१ गते दिउँसो काठमाडौंबाट पाँचखाल र ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने तयारी रहेको पनि सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडलले ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको स्पष्ट पार्नुभएको छ ।