ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षकहरु नायव प्रहरी उपरीक्षमा बढुवाका लागि सिफारिस

काठमाडौं, माघ १९ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक र नायव प्रहरी उपरीक्षकहरुको बढुवा भएसँगै रिक्त भएको ४६ नायव प्रहरी उपरीक्षक पदमा प्रहरी निरीक्षकहरुको बढुवा गर्न सिफारिस गरिएको छ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका हुन् ।

आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एआईजी निरजबहादुर शाहीका अनुसार बरियता क्रममा चिरन्जिवि दाहाल पहिलो र रेशम बोहरा दोश्रो नम्बरमा बढुवा भएका छन्। यस्तै भोला कुमार भट्ट, सुरज कार्की क्रमशः तेश्रो र चौथो नम्बरमा बढुवा भएका छन्।

नेपाल प्रहरीको जनपद तर्फ केही नायव प्रहरी उपरीक्षकको अनिवार्य अवकास र केही नायव प्रहरी उपरीक्षकमा बढुवा भएसँगै ४६ नायव प्रहरी उपरीक्षक पद रिक्त भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *