ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पटकपटक ब्यवस्था परिवर्तन भयो सरकार परिवर्तन भए तर प्रवृत्ति परिवर्तन भएन

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

नागरिक अगुवा भन्छन संसद पुन स्थापना मात्र हैन संविधानको पुन लेखन हुनुपर्छ चार सहिदले सहादत प्राप्त गरेको एक सताब्दि पुरा हुन लाग्दा समेत लोकतन्त्र र प्रजातान्त्रको स्थायित्व नभएको भन्दै नागरिक अगुवाहरुले चिन्ता प्रकट गरेका छन ।

सहिदको संझना गर्दै सहिद धर्मभक्त माथेमालाई फासी दिएको स्थान सिफलमा आयोजना गरिएको बृहत नागरिक आन्दोलनमा सहभागीहरुले व्यवस्था,सरकार र राजनीति परिवर्तन भएपनि प्रविर्ति परिवर्तन नभएको निस्कर्श निकालेको छ । सहिद धर्मभक्त माथेमाले करिव एक सताव्दि अगाडि भने जस्तै अहिले पनि उहि तानाशाह प्रविर्ति हावि भएको भन्दै नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन ।

नागरिक अभियन्ता तुलानारायण शाहाले पटक पटक ब्यवस्था फेरियो सरकार फेरियो तर प्रविर्ति नफेरिएको भन्दै लोकतान्त्रको रक्षाका लागि कुनकुन पुस्ता र कहिलेसम्म आन्दोलन गर्नु पर्ने भन्दै प्रश्न गरे । त्रिभुवन विश्वविद्यालयका पुर्वउपकुलपति केदारभक्त माथेमाले नेपाली राजनीतिज्ञले राजनीतिलाई आफ्नै विर्ता अस्तो ठाँनेको जनाए ।उनले सबै नेताहरुलाई सडकमा ओरालेर औठाछाप गर्न लगाउनु पर्ने बेला आएको जनाए ।

तेस्तै अर्का नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले नेपाली राजनीति दुस्चक्रमा फसेको टिप्पणी गरेका छन । उनले नागरिक आन्दोलनको प्रमुख मुद्दा संसद पुन स्थापनामा सिमित नभै संविधानको पुन लेखन हुनु पर्नेमा जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *