ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिग फुटबल- पुलिसको सहज जित

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, माघ १८ । विभागीय टोली नेपाल पुलिस क्लबले च्रन्द्रपुर नगरपालिकालाई आइतबार हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ को जित निकालेको हो ।

पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरिन् । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काइन । २७औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । निरु थापाको हेड बल पोस्टमा लागेर फर्किएको बललाई निर्मलाले जाली चुमाएकी थिइन । ३९ औं मिनेटमा पुलिसको गोलरक्षक सपना राईको गल्तीमा चन्द्रपुरले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएको थियो ।

पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पुलिसका लागि निरुले गोल गर्दै अग्रता २–१ मा पु¥याइन् । त्यसपछि खेलको इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाईन् । जितसंगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ ।

छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *