ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने चयन ,

काठमाडौं माघ १८ । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन हुनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको शनिबार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट नयाँ कार्यकालका लागि अध्यक्षमा न्यौपाने विजयी हुनुभएको हो ।

नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा न्यौपानेको अध्यक्षका अर्का प्रत्यासी उद्धवराज भेटुवाललाई पराजित गरी निर्वाचित हुनुभएको छ। त्यसैगरी मञ्चको उपाध्याक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ । 

महासचिवमा भिसा काफ्ले, सचिवमा सन्जिता खनाल विजयी हुनुभएको छ। कोषाध्यक्षमा कमला गुरुङ निर्विरोध चयन हुनुभयो । 


सदस्यमा सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, फातिमा बानु, सुष्मा कर्ण(स्नेहा), सागर बुढाथोकी र महेश तिमल्सिना चयन हुनु भएको छ । आठै जना सदस्य निर्विरोध चयनहुनु भएको हो। 

निर्वाचन नतिजा
अध्यक्ष
रामप्रसाद न्यौपाने : ३७ मत
उद्धवराज भेटवाल : २३ मत

उपाध्यक्ष 
सरोज ढुंगेल : ३३ मत
अर्जुन अधिकारी : २७ मत
महासचिव 
ऋचा अर्याल : १० मत
भिसा काफले : ५० मत

सचिव 
१) रिया भण्डारी : २९ मत
२) सन्जिता खनाल  : ३१ मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *