ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात, बाँकी क्षेत्रको मौसम सफा

काठमाडाैं । काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं. १ को पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायम रहेको छ।

हाल देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *