प्रिमियर लिगः जिससको गोलमा सिटीको जित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे ।
जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
सिटीले २० खेलमा ४४ अंक जोडेको छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै क्रिस्टल प्यालेसले उल्भ्सलाई १-० ले हराएको छ ।
आर्मी खेलमा वेस्ट ब्रुम र फुलहमले २/२ गोलको बराबरी खेलेका छन् ।