ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ -उपसभापति निधि

काठमाडौं, माघ १७ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आज काठमाडौंमा नेपाल सहकारी बैंकले गरेको कार्यक्रममा देशको राजनीतिक र गैह्र राजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको हो ।

विपी कोइरालाले सामाजिक विकासमा महत्वपूर्ण योगदान हुने सहकारी भित्र्याउन योगदान रहेको भन्दै निधिले सहकारी क्षेत्र विकासलाई सरकारले महत्व दिएपनि उचित नीति निर्माण गर्न नसकेको बताउनुभयो ।

तीन खम्बे अर्थनीति अवलम्बन गरिएपनि अझैपनि सहकारीको विकास र विस्तारको क्षेत्रमा खासै काम भने हुन नसकेको उहाँको टिप्पणि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *