March 3, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेपाली कांग्रेस मन्तव्य र गन्तब्यको नीति लिएर अघि बढेको हो – बरिष्ठ नेता पौडेल

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

सिन्धुपाल्ल्चोक माघ १७ । आज सिन्धुपाल्ल्चोकको मेलम्चीमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले चालेको कदमप्रति कांग्रेस जनताको पक्षमा उँभिएको दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक मात्रै नभई निरंकुशता भएको भन्दै नेता पौडेलले यो कांग्रेसका लागि जनताले बोलेको मन्तब्य भएको उहाँको दाबी थियो ।प्रतिनिधि सभा विघटनपछि कांग्रेसले दुई धार लिएको भन्ने विषय उठेपनि त्यस्तो नभएको उहाँको दाबी छ ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री ओलीले चालेको कदमलाई सर्बाच्च अदादलतले सदर गरेपनि कांग्रेसलाई मान्य नहुने बताउनुभयो । यो असैंवधानिक कार्य भएकाले संविधान नमान्ने कुनै निर्णय कांग्रेसलाई मान्य नहुने उहाँको भनाई छ । अहिलेको अवस्था आउन नेकपाका दुवै अध्यक्षको दोष रहेको पनि उहाँले बताउनु भएको छ ।

कार्यक्रममा झण्डै दुई हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेता पौडेल र नेता थापाले स्वागत गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *