ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, माघ १७ । एपिएफमा माथि ३३ रनको रोमाञ्चक जित निकाल्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१.३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिँदा आर्मी विजयी भएको हो ।

आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्न सफल भएको हो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो । दोस्रो संस्करणमा एपिएफबाट पराजित भएको थियो भने तेस्रो संस्करणको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिससँग स्तब्ध भएको थियो ।

शनिबार भएको फाइलनमा एपिएफलाई दोस्रो संस्करणमा भोगेको पराजयको बदला लिएको हो । विजयी आर्मीले उपाधिसँगै नगद १० लाख रुपैयाँ हात पारेको छ । यस्तै उपविजेतमा सिमित भएको एपिएफले नगद पाँच लाख रुपैयाँ हात पा¥यो । एपिएफविरुद्ध जित निकाल्दा आर्मी तीन बलरले उत्कृष्ट खेल प्रदर्शन गरे । विक्रम शोम, जितेन्द्र मुखिया र सशब अलामले समान तीन-तीन विकेट निकाल्दा आर्मी सस्तैमा समेटिएको थियो ।

२१ रनको व्यक्तिगत स्कोर बनाउँदा ओपनर सुवास खकुरेललाई गुमाएको एपिएफका लागि कप्तान शरद भेषवाकर शून्यमा पवेलियनको बाटो फर्किएका थिए । आशिफ शेखले ६१ रनको अर्धसतकीय इनिङ खेले पनि टोलीको हारलाई टार्न सकेनन् । जितेन्द्र मुखियाको बलमा रोहित पौडेलबाट क्याच भएर पवेलियन फर्किएका आशिफले ७१ बलको सामना गर्दा ८ चौका र १ छक्का प्रहार गरेका थिए । सुन्दिप जोरा २९ रन जोड्ने क्रममा पवेलियन फर्किँदा सुमित महर्जनले व्यक्तिगत १९ रनको योगदान गरेका थिए ।

तीब्र गतिका बलरसामु खुलेर खेल्न सकेको एपिएफका तीन खेलाडी शून्यमा रहँदा अन्य तीन ब्याट्स म्यान १० रन भित्र समेटिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ११ रन जोडेको थियो । आर्मीका लागि हरिबहादुर चौहान एक्लैले ५८ रन रन जोडेका थिए । राजेश पुलामिले २८ रन जोड्दा शहम अलमले १४ बलमा २५ रन जोड्दै नटआउट रहे । तीन विकेट गुमाउँदा ४७ रन मात्र जोडेको आर्मीका लागि लोकेश बमले १५, रोहित पौडेलले १३, विक्रम शोब र अनिल मण्डलले समान ११÷११ रन बनाएका थिए ।

कप्तान विनोद भण्डारी र भिम सार्कीले समान ७ रन जोडे । आर्मीको ९ विकेट निकाल्न एपिएफका अविनाश बोहोराले सर्वाधिक ४ विकेट हात पार्दा किशोर महतोले दुई आफ्नो नाममा लेखाए । यस्तै कप्तान शरद भेषवाकर, भुवन कार्की र कमल सिंह ऐरीले १÷१ ले लिए । तीन विभागीय टोली र सात प्रदेशलाई समावेश गरि आयोजना गरिएको प्रतियोगितामा पाँच पाँच टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *