ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

होलात ७ प्रतिशतको आर्थिक बृद्धि ?

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तर विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरुको प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर शुन्य वा ऋणात्मक हुने प्रक्षेपण गरिरहेका छन् । सरकारले चालु आर्थिक वर्षको लागि १४ खर्व ७४ अर्व रुपैयाँको वजेट ल्याउदै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । कोभिड १९ को सतर्कता स्वरुप सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण गत वर्षको आर्थिक वृद्धिदर २ दशमलव २ सात प्रतिशत सिमित भएको थियो ।


गत वर्षको वजेट मार्फत सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर कोभिडका कारण उक्त लक्ष्य २ प्रतिशतमा सिमित हुन पुग्यो । चालु आर्थिक वर्ष सरकारको मध्यावधी समिक्षा मार्फत सरकारले बजेट तथा आर्थिक वृद्धिको लक्ष्यमा कुनै पनि संसोधन गरेको छैन् । तर विश्व बैंक, आइएमएफ, एसियाली विकास बैंक र संयुक्त राष्ट्र संघले नेपालको आर्थिक वृद्धि शुन्य देखी ऋणात्मक बन्ने प्रक्षेपण गरिरहेका छन् ।

दातृ निकायको प्रक्षेपणसँग अर्थशास्त्रीहरु भने सहमत देखिदैन् । ति दातृ निकायसँग पर्याप्त तथ्याङ्क नरहेको उनीहरुको तर्क छ । दातृ निकायहरुसँग पर्याप्त तथ्याङ्क हुदैन् त्यसैले उनीहरुको प्रक्षेपणमा भर पर्न सकिदैन् अर्थविद् विश्व पौडेलले भने । पछिल्लो समयमा आर्थिक कृयाकलापमा तिव्रता आएको छ । त्यो कुरा केन्द्रिय बैंक पछिल्लो प्रक्षेपणले पनि देखाउँछ । पर्यटन क्षेत्र बाहेको गतिविधिले तिव्रता पाएको छ । तर पर्यटन क्षेत्रको नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिव ३ प्रतिशतको हाहारीमा मात्रै योगदान दिने भएकाले त्यसको असर आर्थिक वृद्धिमा खासै पर्ने देखिदैन् ।
भारतमा ११ प्रतशतको हाराहारीमा आर्थिक वृद्धि गर्ने लक्ष्य राखेकोले नेपालमा पनि त्यसको बिच अंकको तिरको आर्थिक वृद्धि हुनसक्छ । तर ठ्याक्कै यति नै हुन्छ भनेर भन्न नसकिने अर्थशास्त्रि पौडेलले बताए ।


नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदननुसार नेपालका ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको देखाएको छ । रोजगारीको स्तरमा सुधार आएको देखिन्छ भने विप्रेषण आप्रवाहमा खासै असर गरेको छैन । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यद्यपी पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत र यसका अन्य क्षेत्रहरु होटल एण्ड रेष्टुरेण्ड, ट्राभल एण्ड ट्रेकिङ, हावाई लगायतका क्षेत्रले गरी ८ प्रतिशतको योगदान दिने गरेको छ । पर्यटन बाहेका अन्य क्षेत्रहरुमा सुधार देखिएका कारण नेपालको आर्थिक वृद्धिदरमा खासै ठुलो असर नपर्ने देखिन्छ ।
अर्थमन्त्रालयले माघ १० गते बजेटको अर्धवार्षिक समिक्षा गर्दै पुँजीगत खर्च पुस मसान्तसम्ममा ५० अर्ब ८२ करोड रुपैयाँ अर्थात १४ दशमलव ४ प्रतिशत खर्च भएको जनाएको छ । त्यस्तै चालु खर्च ३ खर्व ४२ अर्व ३६ करोड रुपैयाँ अर्थात ३६ प्रतिशत र वित्तिय व्यवस्था तर्फ २२ अर्व ५७ करोड अर्थात १३ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले पुँजीगत खर्च अर्थात विकास निर्माणको काममा तिव्रता दिन सके सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा हुन सक्ने अर्थशास्त्रीको भनाई छ ।


सरकारले पुँजीगत खर्च तथा विकास निर्माणको कामलाई तिव्रताका साथ अगाडी वढाउन सकेमा लक्ष्यनुसारको नै आर्थिक बृद्धि हुन सक्छ । त्यस्तै बैशाखमा चुनाव हुन सकेमा पनि त्यसले आर्थिक गतिविधिमा एकखालको चलायमान ल्याउन सक्ने अर्थशास्त्री पौडेलको बुझाई छ ।

पछिल्लो छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्चमा १९ प्रतिशत कमि आएको छ भने चालु खर्च १० प्रतिशतले बढ्दा वित्तिय खर्च ४० प्रतिशतले घटेको छ । यो अवधिमा राजस्व संकलन ३ खर्व ८० अर्व रहेको छ भने बैदेशिक अनुदान ९ प्रतिशत र बाह्य ऋणको परिचालन १० प्रतिशत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *