ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीले गरे चितवनमा सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पुगेर निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापाको पनि सहभागिता रहेको थियो ।

ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ । ओली चितवनमा पुग्दा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शनसमेत गरेका छन् ।यसैगरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा चितवन जिल्ला पार्टी कमिटीले निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि जस लिने गरी शिलान्यास गर्न लागेको भन्दै विरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *