कहिले टुङ्गो लाग्ला नेकपाको आधिकारीकता विवाद

काठमाडौं माघ १७ । औपचारीक फुटको संघारमा पुगेको नेकपाको आधिकारीकताको विषय थप पेचिलो बन्दै गएको छ । निर्वाचनको मिति तोकेर निर्वाचनको तयारीका लागि दुवै समुहलाई आयोगले छलफलमा समेत बोलाएको अवस्थामा दुवै समुहले आधिकारीकताको विषयमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छैनन् भने आफु अधिकारीक नेकपा भएको जिकिर समेत छोडेका छैनन् । निर्वाचन आयोगका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले भने आधिकारीकताका विषयमा कुनै निवेदन नपरेको जनाए ।
ओली समुहले निर्वाचन आयोगले आफुहरुलाई नै आधिकारीता प्रदान गरिसकेको भन्दै निर्वाचनको तयारीमा जुटेको जनाएको छ । तर दाहाल नेपाल समुहले भने आफुनै आधिकारीक भएको दावी गरेको छ – आयोगले २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएपछि बुझाइएको विधानअनुसार, ओली र पुष्पकमल दाहाल प्रचण्ड आलोपालो अध्यक्ष रहने र ४४१ सदस्यीय केन्द्रीय कमिटी नै मान्य हुने निर्णय गरेको छ । माघ ११ मा आयोगले गरेको यही निर्णयलाई लिएर अध्यक्ष नेपाल प्रशंन्न देखिन्छन् । उनको तर्क छ– ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिइयो, हामीसँग ७० प्रतिशत केन्द्रीय सदस्य भएकाले वैधानिक नेकपा भयौं ।
निर्वाचन आयोगको पत्र अनुसार नेकपाका दुवै समुह निर्वाचन आयोगमा पुगेपनि दाहाल नेपाल समुहले भने १८ गतेसम्मको समय माग गरेको छ । ओली पक्षले आधिकारिकताको विषय निर्वाचन आयोगले टुङ्गो लगाएको दावी गरेपनि दाहाल नेपाल पक्षले भने त्यही पत्रमा टेकेर पार्टि विभाजनको जिकिर गरेको छ ।
नेपाका दुवै समुहलाई निर्वाचन आयोगले पत्र काटेपछि शुक्रबार दुवै समुह निर्वाचन आयोगकमा पुगेका थिए । ओली पक्ष निर्वाचनको निर्धारीत मितिमै गर्नु पर्ने जनाई रहदाँ दाहा नेपाल पक्षले भने आयोग माथी नै प्रश्न उठाएका छन् । ओली पक्षबाट आयोग पुगेकानेताहरुले निर्धारीत मितिमानै निर्वाचन हुनेमा विश्वास्त रहेको भन्दै नेकपाको आधिकारीकताको विषय निर्वाचन आयोगले टुङ्ग्याइ सकेको दावी गरेको शुक्रबार आयोगमा पुगेका नेता सुवास नेम्वाङ्को भनाई थियो ।
उता दाहाल नेपाल समुहले भने निर्वाचन आयोग माथी नै संसय प्रकट गरेको छ । अध्यक्ष दोय राजनीतिक कार्यक्रममा उपत्यका बाहिर रहेको भन्दै १८ गते सम्म समय माग गरेको उक्त समुहले नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरी दल दर्ताको सुचना निकाल्नु नहुने दावी गरेको छ । आयोगको पत्रले नै नेकपा विभाजन देखाए भन्दै आयोका कर्मचारीको सरुवाका विषयमा समेत प्रश्न उठाएको छ । आयोगले एक पक्षीय निर्णय गर्दै आयोगमाथी नै प्रश्न उठेको दावी गरेको छ । दाहाल नेपाल समुहका नेता राजेन्द्र पाण्डेले आयोगले निर्वाचन नै नगर्ने गरी मिति तोकेको दावी गरे ।
ओली समुह आयोगसंग पुगे पनि दाहाल नेपाल पक्ष अझै आयोग नपुग्दा निर्वाचनको लागि अन्योलता बढ्दो छ । त्यसमाथी औपचारीकताको विषय टुङ्गो नलाग्दा नाम र चुनाव चुन्हको विषय अझ पेचिलो बन्दै गएको छ ।