ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस भित्रको किचलो सतहमा, सभापतिको निर्देशनलाई ठाडो चुनौति दिदै सिटौंला समुह

काठमाडौं माघ १७ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानीक भएको निस्कर्ष निकालेको काँग्रेसले अगामी रणनीति के गर्ने भन्ने विषयमा एक ढिक हुन सकेको छैन । ओलीको कदव विरुध चरणबद्ध आन्दोलनको घोषणा गरेपनि निर्वाचनमा जाने वा सडकबाटै असैवंवैधानीक कदमको विरोध गर्ने विषयमा मतभेद रहदैं आएको छ । तर सस्थापन पक्षले कांग्रेसमा कुनै पनि विवाद नरहेको दावी गरेपनि सिटौंला पक्षले खुलेरै सस्थापनप्रति असनतुष्टि पोखेको छ ।

पार्टि सभापति शेरबहादुर देउवाले औपचारीक कार्यक्रम मार्फत नै अदालतमा रहेको विषयमा टिप्पणी नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । तर सिटौला पक्षले भने अदातलमाथी नै प्रश्न उठाउन थालेका छन् भने सभापतीलाई नै सडकमा लयाउने तयारी सूरु गरेको  जनाएको छ । तर नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भने काँग्रेसमा कुनै विवाद नभएको भन्दै यस प्रकारका समाचार संप्रेषण नगर्न आग्रह गरेका थिए ।

शुक्रबार सहिदहरु संझना गर्दै सूरु भएको विरोध कार्यक्रममा सिटौला पक्षका नेताहरुको ओलीको दमको विरोधमात्र गरेनन् । अदालतलाई समेत संविधानमा रहेर निरणय गर्न आग्रह  गरे । सिटौला पक्षका युवा नेता प्रदिप पौडेलले गणतन्त्रको विरोधीलाई नै गणतन्त्रको जिम्मा लगाउदाँ व्यवस्था नै सकटमा परेको दावी गरे । नेपालमा गणतन्त्र नभएर विद्यातन्त्र चलेको दावी गर्ने पौडेलले मकैँबारीको जिम्मा बादरलाई दिएजस्तै गणतन्त्रको ओलीलाई लगाएको टिप्पणी गरे ।

नेता पौडेलले ओलीले निर्वाचन गर्न मिति नतोकेको भन्दै जनतालाई झुक्याउनमात्र मिति तोकेको दावी गरे । ओलीले अहिले नै निर्वाचनमा गए जमाना जफत हुने भन्दै १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये जुनैबाट निर्वाचन लडेर देखाउन चुनौति दिए । नेता पौडेलले कांग्रेसले ओलीको कदम सच्चिनु पर्छ भनेको प्रतिनिधिसभा पुन स्थापना गर्नु भनेको भन्दै सडकबाटै संसद पुन स्थापना गराउनु पर्ने जनाए । जसका लागि सभापति शेरबहादुर देउवालाई समेत सडक आन्दोलनमा ल्याउने तयारी भइरहेको दावी गरे ।

अर्का नेता गगन थापाले संसद विघटनमात्र नभएर सविधानको विघटन भएको दावी गरे । नेपाली काँग्रेस भित्रको अन्तर कलहलाई इङ्गित गर्दै नेता थापाले नेता तथा कार्यकर्तालाई संविधानको पक्षमा भनेको न्यायको पक्षमा हो तेसैले तपाइहरु कता हो भन्दै प्रश्न गरे । नेता थापाले सर्वोच्चमा विचाराधिन मुद्दा राजनीतिक मुद्दामात्र नभइ जनताको मुद्दा भएको भन्दै सडकबाटै निर्णय गर्नु पर्ने जिकिर गरे । आफुलाई राज्य दोह्रको मुद्दा चलिरहदाँ युवाहरु अदालतमा नै पसेर आफनो पक्षमा नारा लाउदाँ अधिवक्ताले गगन थापालाई राज्य द्रोहको मुद्दा लाग्छ भने सवैलाई मुद्दा चलाउ भनेको स्मरण गर्ने थापाले अदालतको मान हानी भए सवैलाई मान हानीको मुद्दा हाल्न पनि चुनौति दिए ।

प्रधानमन्त्री आफ्ना धुपौरेहरुका कारण गलत निर्णय गर्दै आएको बताउने थापाले नेपाली इतिहासमा अयोग्य तथा तानशाही पात्रको रुपमा केपी ओली दर्ज हुने भन्दै कांग्रेसले सुनौलो इतिहास बनाउन पनि सडकबाटै प्रतिनिधिसभा पुन स्थापतित गर्नु पर्नेमा जोड दिए । लट्टु काँगेसका कारण कांग्रेस प्रतिनै प्रश्न उठ्न सक्ने उनको चिन्ता थियो ।

तेस्तै नेता कृष्ण सिटौंललाले ओलीको कदम नसच्चिए नेपाल अस्थिरतामा प्रवेश गर्ने दावी गरे । उनले संसद पुन विघटनमात्र नभइ संविधानको विघटन हुन सक्ने भन्दै जनतालाई सडकमा आउन आग्रह गरे । प्रधानमन्त्री चाहनामा मात्र संसद विघटन गर्न नसकियोस भनेर संविधानमा नै व्यवस्था गर्दा नभए अव जहिले पनि प्रधानमन्त्रीले संसद विघठन गर्न सक्ने र अस्थिरता बढ्ने उनको चिन्ता थियो । उनले मुद्धा अदालतमामा सिमित नभएको पनि जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *