ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

८ दशक पछि पुन: झुण्डाईयो शुक्रराजलाई

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

संसद पुनर्स्थापनाको माग राखेर नागरिक समाजले कलाकारहरू सहित नाटक प्रदर्शन गरेका छन् ।

बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टेकुस्थित शहीद शुक्रराज वृक्षमा प्रतिगमन विरुद्ध सहिदको सम्झना गर्दे आवाज उठाउँदै नाटक देखाएका हुन् ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । देशमा रन्थनिएको राजनीतिको विरुद्धमा नागरिक समाजले आवाज उठाउँदै शहिदको सम्झना गरेका हुन् ।

शिल्पी थियटरका कलाकारहरूले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गरेका थिए ।

देशको लागि जिवन अर्पण गरेका शहिदहरुप्रति र प्रतिगमन विरुद्धको उनिहरुको  आवाज बुलन्द गरेका थिए ।

शहीद दिवसको अवसरमा आयोजित प्रतिगमन विरुद्धको प्रतिरोध’ कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला प्रजापति लगायतका वक्ताहरूले असंवैधानिक र अलोतान्त्रिक भन्दै संसद विघटन खारेज हुनुपर्ने माग गरे । भने प्रतिगमन विरुद्धको आफूहरुका विभिन्न चरणका प्रदर्शनहरु नाटकहरु निरन्तर भैरहने नागरिक समाजका अभियान्ताले बताएका छन् ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *