कोरोना खोपको अभियानको आज तेस्रो दिन ४६,१९७ जनाले लगाए,

काठमाडौं, माघ १६ । कोरोना विरुद्धको खोप अभियान शुरु भएको आज तेस्रो दिन देशभर ४६ हजार १सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना मार्फत जानकारी गराएको छ ।
मन्त्रालयको अनुुसार शुक्रबार ४ बजेसम्म ७७ वटा जिल्लाको १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएको जानकारी गराएको छ । तीमध्ये प्रदेश १ मा ७ हजार ३ सय ६९ जना, प्रदेश २ मा ४ हजार ६ सय ५०, बाग्मतीमा १५ हजार ६ सय ४१ जनाले कोरोना खोप लिएका छन्।भने गण्डकी प्रदेशमा ७ हजार १सय ५३ जना, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९सय ६६ र सुदूरपश्चिममा ३ हजार ७ सय ८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म खोप लिएकाहरुमा जटिल प्रकारको स्वास्थ्य समस्या देखिएको छैन्।सामान्य समस्या देखिएकाहरुमा पनि धेरैको औषधि सेवन विना नै समस्या समाधान भएको जानकारी गराएको छ ।