देशभर १ सय ५७ जनामा कोरोना संक्रमण , ५ जनाको मृत्यु

काठमाडौं ,माघ १६ ।देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको३ हजार २ सय २१ नमुना परीक्षणमा काठमाडै उपत्यकामा मात्र ८२ जना सहित देशभर १ सय ५७ कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७० हजार ७ सय ४५ जना रहेका छन् ।
कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन्। हालसम्म ज्यान गुमाउने संख्या २ हजार २५ जना रहेका छन । गत चौबीस घण्टामा कोरोनाका मुक्त ३ सय ३३ जना भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६५ हजार ६ सय ९८ जना रहेका छन् । कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव एक रहेको छ ।
देशभर क्वारेन्टिनमा १सय ११ जना र संक्रिय संक्रमित ३ हजार २२ जना रहेका छन् । देशभर आसियुमा १ सय ४७ जना र भेन्टिटरमा २७ जना रहेका छन्।