ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शहीदको सपना पुरा गर्दै जनतालाई खुशी पार्छौं

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काडमाडौं माघ १६ । वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्रत्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । तेस्को ३ दिन पछि अर्थात माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई र  माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । तीनै चार सहिदको संझनामा माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाउन थालियो ।

जहानीया राणा शासनको विरुध उनीहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै विभिन्न कार्यक्रम गरी मनाउने गरिएको थियो । भने विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ ।

उनीहरु चार सहित प्रथम सहिद लखन थापा,विभिन्स समयमा ज्यान गुमाएकालाई समेत सम्झना गर्दै सहिद सप्ताह मनाइदैं आएको छ  । आज सहिद सप्ताहको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । भने प्रधानमन्त्री केपी ओलीले सहिद दिवसको अवसरमा सन्देश दिदैं  शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको जनाएका छन् ।

सन्देशमा प्रधानमन्त्रीले भनेका छन् -‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं ।’

यसरी सहिद सप्ताहकै रुपमा मनाउने गरेपनि  पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब शहिद घोषणा गर्नाले वास्तविक शहिदको अवमुल्यन भएको गुनासो बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *