टेकु अस्पतालमा कोरोनाविरुद्वको खोप लगाएका २९ जनामा गरिएको अनुसन्धानमा २३ जनामा देखियो साइड इफेक्ड,
1 - 1Share

काठमाडौं, माघ १६ । माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान संचालन भइरहेको छ । पहिलाे र दाेस्राे दिन २२ हजार ‘फ्रन्टलाइनर’ ले खाेप लगाइसकेका छन् । खाेप लगाएकाहरुलाई फरकफरक साइड इफेक्ट देखिन पनि सुरु गरीसकेको छ ।
टेकु अस्पतालका डा अनुप बास्तोलाका अनुसार पहिलो दिन टेकु अस्पतालमा कोरोना विरुद्धको खोप लगाएका मध्ये २९ जना स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा कुनै न कुनै लक्षण देखिएको बताएका छन् । डा. बास्ताेलाका अनुसार लक्षण देखिएका २३ जना मध्ये ६ जनामा एउटा मात्र लक्षण, ६ जनामा दुईवटा, ३ जनामा तीनवटा, १ जनामा चारवटा, २ जनामा पाँचवटा, ४ जनामा छ वटा र एक जनामा आठ वटासम्म लक्षणहरु देखिएकाे छ ।
खोप लगाएका आइ सी यु, वार्ड, इमर्जेन्सीमा कार्यरत २९ जना स्वास्थ्यकर्मी संगको सोधपुछ गर्दा उनिहरुमा केहिन केही साइड इफेक्ड भएको पाइएको डा बिस्तोलाले बताए । लक्षणहरु देखिएपनि उपचारबिना र सामान्य औषधिको प्रयोगले नै ठिक भएको सबैको अनुभव रहेकाे डा. बास्ताेलले बताए ।
खोप लगाएपछि देखिएका लक्षणका कारण कसैलाई गम्भीर स्वास्थ्य समस्या वा अस्पताल भर्ना हुनु परेको अवस्था नरहेको समेत जानकारी दिए ।