ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिग फुटबलमा एपिएफ र वालिङ विजयी

काठमाडौं, माघ १५ । सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा बिहीबार एपिएफले जित निकाल्दा अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउँन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि सुरुआतबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको जारी प्रतियोगितामा तेस्रो ह्याट्रिक भएको छ ।

लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक तालिकामा १२ अंक पुगेको छ । एपिएफ तालिकाको शीर्ष स्थानमा यथावत रहँदा जारी लिगमा पहिलो हार भोगेको पुलिसको समान ४ खेलबाट ५ अंक भएको छ । पुलिसले दुई खेलमा बराबरी खेल्दा एक खेलमा सुखद नतिजा निकालेको छ ।

यस्तै दिनको पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि १०–० को जित निकालेका छन । जारी लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउनका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले समान एक-एक गोल गरे ।

पहिलो जित निकालेको वालिङको अंक तालिकामा ५ अंक बनाएको छ । पराजित चौदण्डीगढीको जारी लिगमा यो तेस्रो हार हो । चौदण्डीगढीको तालिकामा अंक बिहीन छ । प्रतियोगितामा शुक्रबार एक खेल हुनेछ । दिनको २ बजे हुने खेलमा विभागीयट टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *