देशभर २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि
सेयर गर्नुहोस
2 - 2Shares

काठमाडौं माघ १५ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको नमुना परीक्षणमा देशभर २ सय १३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७० हजार ५ सय ८८ जना रहेका छन् ।
कोरोनाका कारण थप शुन्य जनाले ज्यान गुमाएका छन्। हालसम्म ज्यान गुमाउने संख्या २ हजार २० जना रहेका छन । गत चौबीस घण्टामा कोरोनाका मुक्त २ सय ९६ जना भएका छन् ।
हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६५ हजार ३ सय ६५ जना रहेका छन् ।
देशभर क्वारेन्टिनमा १सय १३ जना र संक्रिय संक्रमित ३ हजार २ सय ३ जना रहेका छन् ।