ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोपा डेल रेः मेस्सीको गोलमा बार्सिलोना क्वार्टरफाइनलमा

एजेन्सी, माघ १५ । लियोनल मेस्सीसहितको गोलको सहयोगमा जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गरेको हो । घरेलु टोली भालेकानोका लागि ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए । जोर्डी अल्बाको सहयोगमा ८० औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेका हुन् ।

अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई ३–० तथा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *