ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश १ र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

काठमाडाैं, माघ १५ । आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

हाल तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिन्छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *