ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आजको पन्चागं । आज मिति २०७७ साल माघ १५ गते बिहीबार तदनुसार सन २०२१ जनवरी महिनाको २८ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, पुष्य नक्षत्र, पूर्णिमा तिथी, प्रिति योग, भद्रा करण, आज चन्द«मा कर्कट राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ३८ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसोको १ बजेर ३८ मिनेटबाट  २ बजेर ५८ मिनेटसम्म रहने छ। राहुकालमा महत्वपूर्ण शुभ कार्यहरु गर्नु हुदैन ।

(१) मेष राशी

आज आफन्तसँग विवाद नगर्नु होला, रोग र चिन्ताबाट टाढा रहनुपर्ने दिन छ, धन हानी, कार्यस्थलमा सावधान रहने, सरकारी काम वा प्रशासनिक कार्यमा सजगता अपनाउनु पर्नेछ, मान सम्मान र उपलब्धिमा कमी आउने, पेट वा सो भन्दा तलको भागमा पीडा, परिवार र दाम्पत्य सुखमा कमी, खानपानमा अरुची, अजिर्ण, रक्तविकार, मित्रतामा आघात पर्न सक्ने, कलह र कार्यमा बाधा जस्ता कुराले तनाव दिन सक्नेछ , तर शुभ बृहस्पतिको अन्तरदशा चलेको छ भने, आफनो प्रियन्मान्छेको प्रगति सन्तानको प्रगति, उत्तम मानसम्मान, धनलाभ, भूमिलाभ र मागंलिक कार्य आदि सम्पादन हुनेछन्

(२) वृष राशी

दिन अनुकुल रहनेछ । आज आफूलाइ मनपरेको मान्छेसँग र आफूप्रति सहानुभूति राख्ने व्यक्तिलाइ भेटेर सम्बन्धहरु प्रगाढ बनाउने दिनको रुपमा लिनु होला। साझेदारहरुसँग आफना साझा कार्यहरुलाई अगाडि बढाउने अवसरको रुपमा सदुपयोग गर्नुभएको खन्डमा भविष्यमा लाभ हुनेछ, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान मा वृद्धि हुनुको साथै कार्यमा सफलता प्राप्त हुने, मन प्रसन्न हुने, छोटा दुरीको यात्राको अवसर प्राप्त हुन सक्ने । धन लाभको अवसर हात पर्न सक्छ , प्रयास गरिरहनु होला।

(३) मिथुन राशी

मानसिक असन्तोष दिने खालको दिन बन्न सक्छ । गरेको काममा बाधा आउने , सन्तान पक्षबाट समस्या वा उनीहरुसँग विवाद हुने, नेत्र पिडा अथवा अन्य रोगबाट जोगिनु पर्ने समय छ  । गलत काममा वा गुप्त कुरामा मन जाने , कुटुम्बसँग मनमुटाव बढन सक्ने, कानूनी तथा प्रशासनिक  पक्षबाट सावधान रहनु होला। विद्यार्थीहरु भने पढाइमा अलि मेहनतै गर्नुपर्ने खालको दिन छ । सावधानीपूर्वक आज दिनलाइ अगाडि बढाउँदै नियमसंगत ढंगले र स्पष्ट भएर अगाडि बढनुु भएमा दिन सुखद रहनेछ ,

(४) कर्कट राशी

दिन शुभ फलदायक रहनेछ । उत्तम वा मिष्ठान भोजनको प्राप्ति, स्वास्थ्य राम्रो हुने । धन तथा उपहार आदि प्राप्ति , आदर सत्कार पाइने । शैयया सुख, वैवाहिक सुख । प्र्रेम सम्बन्धको लागि दिन राम्रो रहनेछ । वस्त्र लाभ अथवा कतैबाट उपहार आदि प्राप्त हुने सम्भावना छ व्यवसाय र लगानीको  लागि दिन राम्रो छ । शारिरिक धपेडी पर्ने खालका कार्यहरुलाइ आज स्थगित गर्नुहोला, केहि नयाँ खालको अनुभव लिनु पर्ने अवस्था आउन सक्छ,

(५) सिंह राशी

सोचेअनुसार कामहरु नहुन सक्छ, आफनो खालि समय नयाँ सोच र चाहनाहरुलाइ साकार पार्ने विषयमा सदुपयोग गर्नुहोला, सावधानीपूर्वक आत्ममूल्याकंन गरि अगाडि बढनु पर्ने खालको दिन छ, हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, पराक्रममा कमी आउनेछ । आलस्य बढनेछ । खर्चमा वृद्धि । मानसिक अशान्ति, शारिरिक कष्ट, शोक पर्न सक्ने । संक्रामक रोगहरुबाट बच्नुहोला । निद्राको समस्या बल्झिन सक्छ । विद्यार्थीहरुको लागि समय राम्रो छैन,

(६) कन्या राशी

दिन राम्रो रहनेछ । शुभ समाचार आउन सक्छ । अनौपचारिक वार्तालाप, भेटघाट तथा व्यवसायिक अभ्यासको लागि दिन उत्तम छ,  भौतिक सामाग्री, लुगा कपडा खरीद वा प्राप्ति, भोग विलास र रमाइलोमा समय बित्ने योग छ ।  शरिरको जोशमा वृद्धि , धन लाभ, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्र सुख वा मित्र बाट फाइदा । पहिलेदेखि गरिरहेको कार्यहरुले गति लिने, मान सम्मान मा बृद्धि हुने र गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । तरल पदार्थहरु सम्बन्धि व्यापारीहरुलाइ फाइदाको योग छ ।

(७) तुला राशी

दिन आनन्ददायक रहनेछ, तँपाइको स्वास्थ्यमा अथवा कार्य स्थलमा समस्या देखा परेपनि अप्ठयारा कुराहरुलाइ  सकारात्मक ढंगले सजिलै समाधान गर्न सफलता मिल्नेछ । अरुहरुसँगको को संवाद र सहकार्यले तँपाइमा नयाँ सकारात्मक परिवर्तन हुने योग छ । कार्य सिद्धि, धन लाभ सम्बन्धि कार्यहरुलाई समय राम्रो छ । कर्म क्षेत्रमा  तथा पारिवारीक क्षेत्रमा सुख प्राप्त हुने समय छ ।

(८) वृश्चिक राशी

चिन्ता नलिइ मेरो पनि दिन बदलिन्छ भन्ने सकारात्मक सोच राख्नु होला । विवाद र आरोपहरुबाट जोगिनु पर्नेछ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने, कसै कसैलाइ झाडा पखाला, निमोनिया, घाँटीमा समस्या, स्वर भासिने, थाइरायडको समस्या, हर्मोनल गडबडी, कान, छाती, कुम, घुँडा तथा पेटसम्बन्धि समस्या देखिने योग छ । सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने, अथवा उनीहरुसँग मतभेद हुने, छोटो दुरीको यात्रा अथवा व्यर्थको भ्रमण पनि हुने योग बनेको छ ।  धर्मकर्म र  अध्यात्मिक मार्गमा ध्यान दिनुभयो दिन सहज हुनेछ ।

(९) धनु राशी

धैर्य गर्नुपर्ने समय छ । संचित धनमा नोक्सानी, भयले सताउने, अपच, श्वास प्रश्वास, रुघाखोकी लगायत संक्रामक रोगबाट जोगिनु होला, छातीको विशेष ख्याल गर्नुभएमा राम्रो । झगडा र विवादबाट टाढा रहने र  मानसिक चिन्ताबाट बच्नु पर्नेछ, टाइममै खानपान नमिल्ने अथवा खानपानको कारणले पनि समस्या उत्पन्न हुन सक्छ,  आर्थिक नोक्सानी को साथै पारिवारीक समस्या बाट सचेत रहनु होला,  अचानक दुर्घटना वा चोटपटक लाग्न सक्ने भएकोले सावधानी अपनाउनुहोला, दाम्पत्य सम्बन्ध भने सुमधुर रहने छ । प्रेमिहरुको लागि भने समय अनुकुल रहने छ ।

१०) मकर राशी

समय राम्रो छ । धन लाभ, वैवाहिक सुख, उत्तम भोजन, वाणिज्य र व्यवसायमा लाभ, शत्रुहरु पराजित हुनेछन  प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पत्य सुख हुने, मनोरन्जनमा समय बित्नेछ । व्यवसायमा रोकिएको कार्य बन्ने छ । शत्रुहरु पराजित हुनेछन । टाढाको मान्छेसँग भेट वा कुरा हुन सक्ने , व्यापार व्यवसायमा राम्रो । यदि गोचरमा शुक्रले पनि शुभ फल दिइरहेको छ भने वाहन सुख,  मान सम्मान पाइने योग छ, ।

(११) कुम्भ राशी                                                                                                                   

दिन राम्रो रहनेछ । सकारात्मक उर्जा प्राप्तिको साथै कार्यस्थलमा नसोचेको कुरा प्राप्त हुने अथवा कदर हुने योग पनि छ,  नयाँ सामान लिने वा खरीद गरिने सम्भावना पनि छ, धन लाभ, हुने, परिवारिक सुख, शत्रुनाश, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा सकारात्मक परिणाम्को प्राप्ति । व्यापार व्यवसायमा सजन्म स्थान भन्दा बाहिरको व्यक्तिको सहयोग वा साथ लिँदा फाइदा पुग्ने ।  लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्याल गर्नुहोला । विद्यार्थीहरुलाइ समय राम्रो छ ।

(१२) मीन राशी

सचेत हुनुपर्ने समय छ । मन अशान्त हुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । आज तँपाइले आफ्ना थाँती रहेका घरायसी तथा रुटीन कार्यहरु सम्पन्न गर्न व्यस्त हुनुपर्र्ने अवस्था छ, आर्थिक तथा प्रशासनिक मmमेलाहरुसँग सम्बन्धित कार्यहरु सँग जुझनु पर्ने सम्भावना छ, धैर्य, आत्म अनुशासन र आत्म नियन्त्रण नै तँपाइको लागि आज एक मात्र उपाय हुनेछ, स्वास्थयको भने ख्याल राख्नु होला, विद्यार्थीहरुलाइ दिन कठिन हुन सक्छ । मित्र तथा प्रेमीसँग आज नभेटदा नै उत्तम ।  लगानीलाइ पनि समय प्रतिकुल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *