ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हिमालय र यती एयरलाइन्सबीच व्यवसायिक सहकार्य

काठमाडौँ, १४ माघ । हिमालय एयरलाइन्स र यती एयरलाइन्सले एक आपसमा रणनीतिकरुपमा व्यापार साझेदारी गर्ने भएका छन ।
हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेको हुन् । एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।


हिमालय एअरलाइन्सले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्सले नेपालका विभिन्न गन्तव्यहरुमा उडान भरिरहेको छ ।
बुधवारको सम्झौता अनुसार दुबै कम्पनी आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्न, यात्रुहरुलाई टिकट खरीद प्रकृयालाई सरल वनाउन तथा आफ्ना सेवाहरु एकअर्काको वेबसाईटमा राख्न सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *