ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाविरुद्धको खोप अभियान शुरु, डा. भण्डारी र बास्तोलाले लगाए पहिलो खोप

काठमाडाैं, माघ १४ । कोरोना विरुद्धको खोप अभियानको सुरुवात टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मार्फत उद्घाटन गर्दा कोरोना विरुद्धको पहिलो खोप अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र दोस्रो खोप टेकु अस्पतालका प्रवक्ता समेत रहेका डा. अनुप बास्तोलाले लगाएका हुन ।

डा. बास्तोला पहिलो कोरोना संक्रमितको उपचार गर्ने डाक्टर हुन। नेपालमा चीनको उहानबाट आएका ३२ बर्षिय एक पुरुषलाई पुष २९ गते कोराना संक्रमण पुष्टि भएको थियो । तर त्यसको औपचारीक जानकारी भने संक्रमित डिस्चार्ज भइसकेपछि माघ ९ गते गराइएको थियो । 

डा. अनुपको टिमले एक–दुई दिन उनलाई पञ्जा, मास्कबिना नै उपचार गरेका थीए । लक्षण मिलेको र संक्रमण फैलिएको स्थानबाट आएका उनलाई शंकाको घेरामा राखेर स्वाब संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । २३ जनवरीमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *