सबै सरकारी सेवा एउटै एपमा: अब नागरिक एप, यसरी भर्नुहोस

सरकारले लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्यो ।
नागरिक एपमा कति प्रयोगकर्ता छन् यसको उपयोगीता के हो ?
प्रधानमन्त्रीको कार्यलयले केही दिन अघि लाइन हैन, अनलाइन’ भन्दै नागरिक एप सुरु गर्यौ । यो एपको माध्यमबाट विभिन्न सरकारी अनलाईन सेवालाई एउटै एपमा समेटिएकोले एप केही दिनमै धेरैले मन पराए । र दिनप्रतिदिन नयाँ प्रयोगकर्ता थपिँदै गएका छन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्न मात्रै पनि एप डाउनलोड गरेका छन् । नागरिक एपमा ३ लाख धेरै आबद्ध भैसकका छन्
नागरिक एपमा आबद्ध हुने कसरी ?
एप मार्फत सेवा पाउन भोटर कार्ड, नागरिकता वा पासपोर्ट मध्ये कुनै एक भए यो एपमा आबद्ध हुन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठ बताउँछ । यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न पनि थालेका छन् । १० दिनमा एपमा साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास भएको समेत भएको छ सर्भर डाउन गर्न भएका अनेकन प्रयास असफल भएको र नागरिकका व्यक्तिगत विवरण सुरक्षित रहेको छ, साइबर सुरक्षाको पाटोलाई समेत ध्यानमा राखेर काम भैरहेको छ निर्देशक सफल श्रेष्ठले द प्रेस नेपालसंग बताए ।
एपमा धेरै आबद्ध हुन पाएका छैनन् नी ?
कतिपय प्रयोगकर्ताले एपमा विवरण भरेर दर्ता हुन नसक्नुमा, कसैको फोटो नलिनुमा विभिन्न प्राविधिक कारण हुनसक्ने देखिएको छ । आफूले प्रयोग गरेको मोबाइल नम्बर अर्काकै नाममा दर्ता छ अथवा सिम निकाल्दा मोबाइल सेवा प्रदायकलाई बुझाएको व्यक्तिगत विवरण र आफूले नागरिक एपमा भरेको विवरण फरक छ, यस्तो गल्तिमा एपमा आबद्ध हुन पाईदैन् नागरिकता, पासपोर्ट र निर्वाचन आयोगको नामावलीको विवरणसँग मोबाइल प्रयोगकर्ताको व्यक्तिगत डिटेल मिल्नैपर्ने गरी भर्नुपर्छ एपलाई सुरक्षित राख्न हामी प्रयासरत छौं थप व्यवस्थापन गर्न प्रयासरत छौं राष्ट्रिय सन्चार केन्द्रका निर्देशक सफल श्रेष्ठले द प्रेस नेपाललाई बताए ।
उनले भने जिल्ला प्रशासन कार्यालय वा सरकारी परिचयपत्र जारी गर्ने निकायले डिजिटाइज्ड नगरेको राहदानी विभाग, निर्वाचन आयोगको डिजिटल तथ्यांकीय विवरण गल्ती समेत भएको छ हामी सबै सरकारी सेवालाई यो एपमा समेट्छौ समस्यमा हेरफेर हुँदै छ । यो ट्रायल मात्र हो तर विदेशमा रहेका नेपाली नागरिकसँग भने यो सेवा पुग्दैन सफल श्रेष्ठ बताउँछन् ।