कांग्रेसले घोषणा गर्यो तेस्रो चरणको आन्दोलन
सेयर गर्नुहोस

काठमाडौं माघ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उक्त कदमलाई गैरसंवैधानिक भएको निस्कर्श निकालेको काङ्ग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
जारी केन्द्रीय समितिको बैठकले
माघ १९ गते भातृसंगठन २४ गते सुवेछुक र ३० गते ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रिय सदस्य गुरु घिमिरेले जानकारी दिए ।
एक बजेलाई बोलाएको केन्द्रिय समितिको बैठक ४ बजेमात्र सुरु भएको थियो । सभापति पौडेल र वरिष्ठ नेता पौडेल बिच आन्दोलन गर्ने सहमति पछि मात्र बैठक सुरु भएको हो ।