देशभर ३०३ जनामा संक्रमण पुष्टि ,६ जनाको मृत्यु

देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको ४ हजार ५ सय ७४ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा मात्र १ सय ७२ जना सहित देशभर ३ सय ३ जनामा सक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण थप ६ जनाले ज्यान गुमाएङ्का छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार १७ जना रहेका छन् । गत चौबीस घण्टामा २ सय ८५ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६४ हजार ८ सय २३ जना रहेका छन्। हालसम्म कोरोनामुक्त हुने प्रतिशत ९८ दशमलव १ रहेको छ ।
देशभर क्वारेनटिनमा १ सय २२ जना रहेका छन् भने संक्रिय संक्रमित संख्या ३ हजार २ सय ५२ जना रहेका छन् । देशभर आसियुमा उपचारत ७ सय ४९ जना र भेन्टिलेटरमा १ सय ३९ जना रहेका छन् ।