ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एनएनआइपिए स्पोर्टस अवार्ड फागुनमा

सेयर गर्नुहोस
  • 323
  •  
  •  
  •  
    323
    Shares

काठमाडौं माघ १३ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआईपीए स्पोर्टस अवार्ड फागुनमा हुने भएको छ ।

संघले पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड संस्करण मध्यपुर ठिमी नगरपालिकामा फागुन ८ मा हुने जानकारी दिएको हो । अवार्डका लागि मध्यपुर ठिमी नगरपालिका स्थानीय आयोजकको रुपमा रहनेछ । यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ ।

अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ जस्को पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ । एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार दिईनेछ ।

अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *