ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिगमा स्याङ्जाको वालिङसंग बराबरीमा रोकियो नेपाल पुलिस

काठमाडौं माघ १३। राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग बराबरी खेलेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मुख्यालयमा भएकाे खेलमा पुिलसले र वालिङसँग १-१ काे बराबरीमा राेकिएकाे हाे । वालिङले लिएकाे सुरूअाती अग्रतालाइ पुलिसले दाेस्राे हाफमा बराबरी गर्दै अंक खाेसेकाे हाे ।

वालिङका लागि विदेशी खेलाडी मिथाे इल्डाइ रूथले ५३ अाैं मिनेटमा गाेल गरेकाे थियाे । पहिलाे हाफ गाेल रहित बराबरी खेलेका टाेलीले दाेस्राे हाफमा अाक्रामक खेल खेलेका थिए । पछि परेकाे विभागीय टाेलीका लागि रेखा पाैडेलले ६५ अाैं मिनेटमा गाेल गर्दै खेल बराबरीकाे अवस्थामा ल्याएकी थिइन् ।

त्यसपछि दुबै टाेलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयाेग गर्न नसक्दा दुबै टाेलीले अंक बाँडेका हुन । तीन खेलबाट पुलिसकाे ५ अंक भएकाे छ भने वालिङकाे २ अंक मात्र भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *