ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देउवा र प्रचण्डसँग अमेरिकी राजदूत बेरीकाे भेट वार्ता

काठमाडौं, माघ १३ । नेपालका लागि चीनियाँ राजदूत होउ यान्छी पछि राजनीतिक दलका नेताहरु भेटन अर्का शक्तिशाली राष्ट्र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सक्रिय देखिनु भएको ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेसँगै बेरीको सक्रियता बढेको हो । बेरीले सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको छ ।

देउवा र प्रचण्डसँग भएको भेटमा बेरीले बाइडेन प्रशासनका विश्वव्यापी प्राथमिकता, लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन, महिला र बालिकाहरूको अधिकारको प्रवर्द्धनलगायत विषयमा कुरा भएको अमेरिकी दूतावासले जनाएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राजदूत बेरीले भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *