ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माटोको टिका लगाएर बालुवाटारमा नागरिक: तेश्रो जनआन्दोलनको चेतावनी

प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक अगुवाहरूको सडक प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो ।कमल पोखरीबाट सुरु भई बालुवाटारसम्म पुगेको नागरिक समाजका अभियान्ताहरुले सरकार विरुद्धको सडक प्रर्दशनमा कमल पोखरीको मौलिकता, र पुरातत्व बस्तुहरुको संरक्षण गर्दै पानी निकासको उचित प्रवद्र्धन हुनेगरी सम्पदा संरक्षण र निर्माण हुनुपर्ने माघ समेत राखेका छन् ।

कमल पोखरी बचाउ अभियानका अभियान्तबाट कमल पोखरीबाट दिउँसोको  २ बजे माटोको टिका लगाई बालुवाटारतिर अगुवाहरु लागे ।

विभिन्न संकेतका, व्यङ्ग्य सहितका पम्पलेटमा उत्रिएका नागरिक अगुवाहरु हात्तिसार, गैरिधारा, टंगाल हुँदै बालुवाटार नपुग्दै सडक बीचमै केही सांकेतिक विरोध गर्दै कविता वाचन, गीत गाउने, र अन्य  रचनात्मक प्रदर्शन समेत गरे

सम्पदाको संरक्षण र निर्माण पुरानै अवस्थामा हुनु पर्ने, संसद विघटन सच्चाउनुपर्ने, जनता रोग भोकले मर्ने अवस्थामा हुँदा आफूहरु सडकमा आउन बाध्य भएको हुदा सरकारकै प्रधानमन्त्रीले हरेका क्षेत्रमा कु गरेको भन्दै प्रधानमन्त्रीलाई सच्चिन सुझाव दिएका छन् ।

केही समयमै बालुवाटार नपुग्दै बालुवाटारतिर लम्किदै गर्दा प्रहरीले  प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा हान्न सुरु गरेपछि बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताउँदै अब तेस्रो जनआन्दोलन सुरु भएको बताए  ।

प्रहरीको हस्तक्षेपमा केही अभियान्ता घाईते समेत भएका छन् । नागरिक अगुवाहरुले अबको प्रदर्शन शहिद सप्ताह सुरु भएको समयमा सरकार विरुद्ध शहिदको सम्झना सहित हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *