चन्द्रागिरी ब्याडमिन्टन क्लव कोरोनाबीच रिफ्रेशमेन्ट टुर्नामेन्ट गर्न सफल:

दोस्रो चन्द्रागिरी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
चन्द्रागिरी ब्याडमिन्टन क्लब र चन्द्रगिरी नगरपालिकाको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।चनद्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले प्रथम द्धितिय र तृतीय हुनेलाई शिल्ड, प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।
प्रतियोगिता ग्रुप ए र बि मा भएको हो। ग्रुप ए मा प्रथम हुने मिन बहादुर खत्री, दिपक कुमार तामाङ रहेका छन् भने द्धितिय हुने किरण थापा मगर, दिपक कुमार गुरुङ रतेस्त तृतिय हुने माधव प्रसाद अधिकारी, देवेन्द्र प्रधान, नारायण प्रसाद सिग्देल, स्विकार राई रहेका छन् ।

ग्रुप बि मा क्रमस प्रथम हुने राजेन्द्र डंगोल, धर्मभक्त डंगोल द्धितिय हुने फणिन्द्र तामाङ, भोजराज कँडेल तृतिय हुनेमा नयन भण्डारी, बिल भद्र अधिकारी, जितेन्द्र प्रधान, धर्मराज पण्डित क्षेत्री रहेका छन् ।
कार्यक्रममा चन्द्रागिरी नागरपालिकाका मेयर घनश्याम गिरिले आगामी दिनमा खेल क्षेत्रलाई थप व्यवस्थित र परिमार्जित गरेर लैजाने र चन्द्रगिरी ब्याडमिन्टन क्लब सङ मिलेर सहकार्यमा काम गर्ने बताए ।
चन्द्रगिरी ब्याडमिन्टन क्लबका समरक्षक देबेन्द्र प्रधान ले विभिन्न कार्यक्रमका साथै कोरोनाको विषम परिस्थितिमा समेत नगरपालिका लाई आर्थिक सहयोग समेत गर्दै आइरहेको बए । चन्द्रागिरी ब्याडमिन्टन क्लबले नगरपालिका बिपत ब्यबस्थापन समिति सहयोग गरेको र ब्याडमिन्टन क्लबले कुनै खेलाडी दुर्घटना भए खेलाडीलाई राहत क्षतिपूर्ती समेत सहयोग गर्ने बताए । आगामी दिनमा राष्ट्रियस्तरको खेलमा विकाश गर्ने समेत क्लवका संरक्षक देवेन्द्र प्रधानले बताए ।
ब्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरी नगर प्रबक्ता हरिभक्त महर्जन, महानगरीय प्रहरी वृत प्रहरी नायब उपरीक्षक ग्यान बहादुर खाड लगायत विभिन्न ब्यक्ति हरु को उपस्थित थियो भने क्लब का अध्यक्ष कृष्ण घिमिरे को सभापति मा कार्यक्रम आयोजना भएको थियो
