ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण स्वास्थ्य मन्त्रालयका कम्प्यूटर अधिकृत सहित दश जनाको मृत्यू

काठमाडौं माघ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृतको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मन्त्रालयको कम्प्यूटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरी नगरपालिकाका ५१ वर्षीय कृष्ण गोपाल श्रेष्ठको उपचारको क्रममा सोमवार निधन भएको हो । कोरोना संक्रमण पश्चात वीर अस्पतालमा उपचाररत श्रेष्ठको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ

तेस्तै पछील्लो चौबीस घण्टामा कोरोनाका कारण थप १० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार ११ जना रहेका छन् । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात पाँच रहेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरीएको ४ हजार ५ सय ५८ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ सय ५४ सहित देशभर ३ सय जनामा ३९ संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रमण पुष्टि हुने संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेका छन् ।

गत चौबीस घण्टामा देशभर ४ सय १ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६४ हजार ५ सय ३८ जना रहेका छन् । यो संक्रमित मध्येको ९८दशमलव १ प्रतिशत हो । देशभर क्वारेन्टिनमा १ सय ३२ जना र संक्रिय संक्रमित संख्या ३ हजार २ सय ४० जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय ३७ जना रहेका छन् भने भेन्टिलेटरमा १९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *