ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नौं दशक पार गरेका वरिष्ठ अधिवक्ता भण्डारीको न्यायाधिसलाई प्रश्न -‘के म तमासे हो, श्रीमान् ?

काठमाडौं माघ १२ । प्रधानान्त्री केपी ओलीले संसद विघटन गरेपश्चात सर्वोच्च अदालतमा १३ वटा मुद्दा दर्ता भएका छन् । तिनै मुद्दाको बहस जारी छ । संवैधानिक इजलासमा जारी बहसमा ९ दशक काटेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटन विरुध बहस गरिरहेका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले आफूलाई तमासे भनिएको भन्दै सोमबार संवैधानिक इजलासमै प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा एक बाजेले अदलातमा तमासा देखाउन लागेको आरोप लगृपछि भण्डारीले इजालसमै ‘के म तमासे हो, श्रीमान् ? भन्दै प्रश्न गरे

तर प्रधानन्यायाधिस चोलेन्द्र सशमशेर जबराले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा प्रधानमन्त्रीलाई मानहमनिको मुद्दा दर्ता गर्न आवाज समेत उठ्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *