निर्वाचन आयोगले आफुहरुलाई नै आधिकारीकता प्रदान गर्नेमा दाहाल- नेपाल समूह ढुक्क , ओली पक्ष भन्छ- पार्टी एकिकरण अझै संभव छ
काठमाडौं माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारीकता आफूहरुले पाउनेमा ढुक्क रहेको जनाएका छन् । निर्वाचन आयोगले दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्णयसँगै प्रचण्ड–माधव समूह आफुहरुसंग धेरै केन्द्रिय सदस्य रहेको भन्दै आफुहरुले आधिकारीकता पाउनेमा विश्वस्त रहेको जनाएका छन् ।
पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिक पाउने नेताहरुले उक्त समुहका अध्यक्ष माधवकुमार नेपालको दावी छ । प्रदेश २ का नेता कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपनि केही फरक नपर्ने बताए ।
पुरानो विधानमा दुई अध्यक्षको व्यवस्था गरेको भन्दैउनले भने -, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’
पार्टीको आधिकारीकताको विषयमा बहस भइरहेको समयमा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले पार्टी एकिकरणको अझै संभावना जिवित रहेको बाताएका छन् ।
काठमाडौंमा २३ गते हुन लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताएका छन् । उनको भनाई छ- ‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्याउन खोजियो । यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’